बाँके र बर्दियामा थप १५ जनामा कोरोना पुष्टि, डाक्टर, प्रहरीदेखि बैंकका कर्मचारी पनि संक्रमित

    • स्वास्थ्य पेज

  • ९ भाद्र २०७७, मंगलवार

नेपालगन्ज ९, भदौ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चार सय नमुना परीक्षण गरिएकोमा बाँकेका ९ जना र बर्दियाका ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मंगलवार थप भएका संक्रमितमा डाक्टर, प्रहरीदेखि बैंकका कर्मचारी पनि छन् ।

भेरी अस्पतालका फिजिसियन, वडा प्रहरी कार्यालयका प्रहरी कर्मचारी र एभरेष्ट बैंक नेपालगन्जक कर्मचारीमा भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, एभरेष्ट बैंकका दुईजना कर्मचारी र एकजना वडा प्रहरी कार्यालय प्रहरी कर्मचारीमा भाइरस पुष्टि भएको छ ।

नेपालगन्ज वडा नं. ४ का तीनजना र नेपालगन्ज वडा नं. १ र ९ एकएक जनामा भाइरस पुष्टि भएको छ । त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिकाका चारजना, बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका एकएक जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

 

  • ९ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech