भेरी अस्पतालका अर्का वरिष्ठ फिजिसियन डा . राजन पाण्डेलाई पनि कोरोना पोजेटिभ 

    • स्वास्थ्य पेज

  • ९ भाद्र २०७७, मंगलवार

नेपालगन्ज ९ भदौ ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसियन बिभाग प्रमुख डा. राजन पाण्डेलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उहाँले सोमबार स्वाब दिनु भएको थियो । भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा आज मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो । `ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो स्वास्थ्य पेजलाई भन्नुभयो-`कोभिड चेज गर्दा रिपोर्ट पोजेटिभ आयो ।´

डा. पाण्डे कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटिनु भएको थियो । आफुलाई जोखिममै राखेर भएपनि डा.पाण्डेले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आउनु भएको थियो ।

डा . पाण्डेले बिरामीकै उपचारमा खटिदा भाइरस संक्रमण भएको आसंका व्यक्त गर्नुभयो । ` नियमित बिरामीको सेवामा खटिरहदा त्यहीँबाट सरेको हुन सक्छ´ डा . पाण्डेले भन्नुभयो ।

संक्रमणपछि उहाँ भेरी अस्पताल आइसोलेसनमा बस्नु भएको छ । यसअघि भरी अस्पतालका कोरोना फोकलपर्सन डा. संकेत रिसाललाई भाइरस संक्रमण देखिएको थियो । उहाँ पनि भेरीकै आइसोलेसनमा बस्नु भएको छ । संक्रमणबाट मुक्त भएपछि पुनः कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा खटेर बिरामीको सेवामा तल्लीन हुने डाक्टरद्वयको भनाइ छ ।

  • ९ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech