भेरी अस्पतालका कोरोना फोकलपर्सन डा. रिसाललाई कोरोना पोजेटिभ 

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७७, सोमबार

डा. संकेत रिसाल, कोरोना फोकलपर्सन, भेरी अस्पताल नेपालगन्ज ।

नेपालगन्ज ८ भदौ ।

भेरी अस्पताल नेपालगन्जका कोरोना फोकलपर्सन डा. संकेत रिसाललाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
आइतबार उच्च ज्वरो देखिएपछि उहाँको सोमबार गरिएको पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । दुई दिन देखि ज्वरोले सताइरहेको थियो डा. रिसालले स्वास्थ्य पेजलाई भन्नुभयो-`कोभिड चेक गर्दा रिपोर्ट पोजेटिभ आयो ।´

उहाँले हिजोको भन्दा आज स्वस्थ्य अबस्था सुधार रहेको बताउनुभयो । डा. रिसाल कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटिनु भएको थियो । आफुलाई जोखिममै राखेर भएपनि डा.रिसालले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आउनु भएको थियो ।

भेरी अस्पतालका बरिस्ठ फिजिसियन डा. रिसालले भाइरस संक्रमणबाट जोगिन नियमित सरसफाइ, मास्कको अनिवार्य प्रयोग र सामाजिक दुरीको पालना गर्न सबैलाई आइसोलेसनबाटै अपिल गर्नु भएको छ ।

संक्रमणपछि भेरी अस्पताल आइसोलेसनमा बस्नु भएका डा. रिसालले संक्रमणबाट मुक्त भएपछि पुनः कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा खटेर बिरामीको सेवामा तल्लीन हुने बिश्वास व्यक्त गर्नुभयो ।

  • ८ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech