बाँकेमा ६२८ जना कोरोनामुक्त

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७७, सोमबार

नेपालगन्ज ८, भदौ ।
बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या ६ सय २८ पुगेको छ । सोमवार विभिन्न आइसोलेसनबाट १४ जना डिस्चार्ज भएसँगै भाइरस जितेर घर फर्किनेको संख्या ६ सय २८ पुगेको हो ।

वडा प्रहरी कार्यालयका चारजना प्रहरीसहित सोमवार १४ जना डिस्चार्ज भएका छन् । नेपालगन्जका आठ र डुडुवा गाउँपालिकाका दुई जना पनि आजै डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा कोरोना संक्रमितको संख्या आठ सय २९ पुगेको छ । ८२ दिन पनि नरैनापुरमा पनि नयाँ संक्रमण देखिएको छ । त्यहाँ यसअघि १ सय २९ जनामा भाइरस देखिएको थिए । तीमध्ये १ सय १८ जना निको भएर घर फर्किसकेका छन् । एकजनाको भने मृत्यु भएको थियो ।

अहिले जिल्लाका विभिन्न आइसोलेसनमा १ सय ९७ जना बसिरहेका छन् ।

  • ८ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech