साढे दुई महिनापछि नरैनापुरमा नयाँ संक्रमित फेला, बाँकेमा संख्या पुग्यो ८२९

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७७, आईतवार

तस्विरःफाइल

नेपालगन्ज ६, भदौ ।
बाँकेको नरैनापुरमा साढे दुई महिनापछि कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतवार बाँकेमा ८ जना संक्रमित थपिएका थिए । त्यसमा नरैनापुर–५ की २५ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

नरैनापुरमा ८२ औं दिनपछि संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । जेठ २१ पछि नरैनापुरमा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थिएन । आइतवार संक्रमित महिला भारतबाट आएर माइती घरमा बसेकी थिइन् । उनलाई शंका लागेर कोरोना परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिकामा जेठको महिनामा मात्र एक सय १९ जनालाई कोरोना संक्रमण भएको थियो । जेठ ४ गते मृत्यु भएका नरैनापुर–५ का २५ वर्षका युवाको रिपोर्टमा पनि कोरोना भाइरस संक्रमण देखिएको थियो । यो पालिकाका कोरोना संक्रमित निको भइसकेका छन् ।

आइतवार नेपालगन्जका ५ र कोहलपुरका २ जनामा संक्रमण दखिएको छ । नेपालगन्ज १ मा ३ वर्षीया बालिकालाई पनि कोरोना भएको छ । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको कूल संख्या आठ सय २९ पुगेको छ भने आइसोलेसनमा दुई सय ११ जनाको उपचार भइरहेको छ । ६ सय १४ जना कोरोना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको भाइरसबात मृत्यु भएको छ ।

  • ७ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech