कोरोना अपडेटः आज ८१८ थपिए, मृत्यु ३ र डिस्चार्ज २८१

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७७, आईतवार

काठमाडौ ६ भदौ ।
नेपालमा कोरोना भाइरसका ८१८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८१८ संक्रमित थपिएका हुन् । जसमा २२० महिला र ५९८ पुरुष रहेका छन् ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २८१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार ६३१ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

  • ७ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech