२४ घन्टामा नयाँ संक्रमित भेटिएन

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७७, बिहीबार

काठमाडौं १८ बैशाख ।
पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

छ। ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको हो । नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ। जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो। संक्रमित ५७ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्।

बाँकी ४१ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

  • १८ बैशाख २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech