बाँकेमा प्रहरीको ठूलो संख्या आज कोरोनामुक्त

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७७, आईतवार

नेपालगन्ज ७, भदौ ।
बाँकेमा आज आइतवार थप ४६ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय १४ पुगेको छ ।

आज प्रहरीको ठूलो संख्या कोरोनाबाट मुक्त भएको छ । वडा प्रहरी कार्यालयका २९ जना डिस्चार्ज भएका छन् । एकैपटक एउटै कार्यालयका प्रहरी कर्मचारी भाइरस संक्रमित भएपछि वडा प्रहरी सील गरिएको थियो । त्यही वडा कार्यालयलाई आइसोलेसन बनाएर उनीहरु बसिरहेका छन् । यसअघि वडा कार्यालयका संक्रमण पुष्टि भएका ६ जना डिस्चार्ज भइसकेका छन् ।

आज डिस्चार्ज हुनेमा वडा प्रहरी कार्यालयका इन्चार्जदेखि सहायक इन्चार्जसम्म छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, वडा प्रहरी कार्यालय, खुल्ला कारागार, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा र इन्द्रेणी होटलमा बसेकाहरु डिस्चार्ज भएका छन् ।

बाँकेमा अहिलेसम्म संक्रमितको संख्या ८ सय २१ पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा २ सय ३ जना बसिरहृेका छन् ।

  • ७ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech