बाँकेमा आज थप १० जनामा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७७, शनिबार

नेपालगन्ज ६, भदौ ।
बाँकेमा शनिबार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा कोहलपुरका पाँच, नेपालगन्जका तीन र जानकी गाउँपालिकाका दुईजनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

कोहलपुरमा वडा नम्वर ११ का चारजना र एकजना १२ नम्वर वडाका छन् । त्यस्तै नेपालगन्जमा वडा नं.१, २ र १० का एकएक जनामा भाइरस संक्रमण देखिएको छ । जानकी गाउँपालिका ३ का २८ बर्षीया महिला र १३ बर्षीय बालकमा भाइरस देखिएको छ ।

भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ५० नमुना परीक्षण गरिएकोमा एकजना बर्दियाका संक्रमित थपिएका छन् ।

 

 

  • ६ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech