बाँकेमा कोरोना अपडेटः ८०७ संक्रमित, मृत्यु ४, डिस्चार्ज ५६८

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७७, शनिबार

नेपालगन्ज ६ भदौ ।
बाँकेमा ५ सय ६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । आज शनिवार २१ जना संक्रमित डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ सय ६८ पुगेको हो ।

आज जिल्ला समन्वय समितिका उपसचिव सहित २१ जना डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । साउन २४ गते कोरोना संक्रमणमा पर्नु भएका जिल्ला समन्वय समितिका उपसचिव १४ दिन आइसोलेसन बसेर आज डिस्चार्ज हुन लाग्नुभएको हो ।

बाँकेमा संक्रमितको संख्या ८ सय ७ पुगेको छ । अहिले विभिन्न आइसोलेसनमा २ सय ३५ जना छन् । कोरोनाबाट बाँकेमा ४ जनाको मृत्यु भएको छ ।

  • ६ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech