लक्षण नदेखिएका संक्रमितलाई ‘होम आइसोलेसन’मै राख्ने सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७७, शुक्रबार

काठमाडौं ५, भदौ ।

सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने निर्णय सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो । ‘

प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको छ उहाँले भन्नुभयो अर्कोतर्फ संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्छ। त्यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने हुन्छ।’

यसैबीच सरकारले विदेशबाट उद्धार गरिने नेपालीलाई एकिकृत क्वारेन्टिनमा राखिने जनाएको छ। एकिकृत काठमाडौं उपत्यकामा तयार गरिने र त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

विदेशबाट उद्धार गरिने नेपालीको हकमा बैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा ल्याएर क्वारेन्टिनमा राख्दा लाग्‍ने खर्च सरकारले व्‍यहोर्ने र अन्‍यको हकमा भने स्वयम यात्रुले व्‍यहोर्नु पर्ने सरकारले निर्णय गरेको छ।

  • ५ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech