कर्णाली कोरोना अपडेटः संक्रमित २२२५, डिस्चार्ज १९४५, मृत्यु ६

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७७, शुक्रबार

सुर्खेत ५, भदौ ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ । हालसम्म १९४५ जना भने डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

२७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । पछिल्लो पटक जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मात्रै जुम्लाका ५२ जनासहित ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै जुम्लाको हिमा गाउँपालिकाका ४८ जना रहेका छन् । संक्रमितहरु गाउँपालिकाको वडानम्बर १, ३, ४, ५, ६ र ७ का हुन् । जुम्लाकै चन्दनाथका ३ र कनकासुनदरीका एकजनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । जुम्लामा यति ठूलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो ।

यस्तै सुर्खेतस्थित प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा दैलेख, कालीकोट र बाँकेका एकरएकजना गरी तीनजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै,रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

  • ५ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech