स्वास्थ्य मन्त्रालयले भन्यो–‘एउटा पोजेटिभ केस पत्ता लगाउन एकलाख बढी खर्च’

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७७, शुक्रबार

तस्विरः फाइल

प्रियास्मृति ढकाल–

नेपालगन्ज ५, भदौ ।
सरकारले कोरोनाको एउटा पोजेटिभ केस पत्ता लगाउन एकलाख बढी रकम खर्च गरिरहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित मिडिया व्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमितको एउटा केस पत्ता लगाउन राज्यले एकलाख चार हजार रकम खर्च गर्नु परेको बताउनुभएको छ ।

यस्तै संक्रमणबाट गम्भीर भएर आइसीयुमा राख्नु पर्ने अवस्थाका विरामीका लागि पनि लाखौ रकम राज्यले खर्च गर्नुपरेको उहाँको भनाइ छ । एउटा विरामी आइसीयुमा ३० दिन राख्नु परे सरकारको करिव साढे चार लाख रुपैयाँ खर्च हुने डा.गौतमले बताउनुभयो । अहिलेसम्म सरकारले पाँच लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३० हजार चार सय ८३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा सरकारले अहिलेसम्म तीन अर्व १८ करोड ९४ लाख ४४ हजार पाँच सय रुपैयाँ खर्च गरेको छ । यो पीपीइबाहेक ल्याव टेस्टको मात्र भएको डा.गौतमले बताउनुभयो । एउटा पीसीआर परीक्षणमा सरकारले पाँच हजार पाँच सय रुपैयाँ खर्च गर्ने गरेको छ । ‘यो हिसावले हेर्दा एउटा पोजेटिभ केस पत्ता लगाउन राज्यले एक लाख चार हजार रुपैयाँ खर्च गर्दै आएको छ डा.गौतमले भन्नुभयो–‘यो एकदमै महंगो उपचार पद्धती छ ।’

उहाँलेस्वास्थ्य सुरक्षा मापदण्ड सबै ना गरिकलाई पालना गर्न पुनः आव्हान गर्नुभएको छ । ‘सामाजिक दुरीको पूर्ण पालना र मास्कको अनिवार्य प्रयोगको लागि म पुनः सबै नागरिकलाई आग्रह गर्छु’ उहाँले भन्नुभएको छ ।

  • ५ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech