कोरोना अपडेटः आज ८३८ थपिएः डिस्चार्ज २५०, मृतक संख्या ११

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७७, शुक्रबार

काठमाडौं ५ भदौ ।

नेपालमा आज शुक्रबार कोरोना भाइरसका ८३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २९२ महिला र ५४६ पुरुष गरी ८३८ जना थपिएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

यस्तै देशभरका विभिन्‍न अस्पतालबाट २५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट एक महिला र १० पुरुषको मृत्यु भएको हो ।मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानसहितका ११ जिल्लामा एक-एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

 

  • ५ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech