बाँके र बर्दियामा आज २२ थपिए, बैंकका कर्मचारीमा पनि संक्रमण

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७७, शुक्रबार

नेपालगन्ज ५, भदौ ।

बाँके र बर्दियामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५० नमुना परीक्षण गरिएकोमा बाँकेका १६ र बर्दियाका ६ जना गरी २२ जना थपिएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शुक्रबार नेपालगन्जका १३ जना, राप्तीसोनारीका २ र कोहलपुरका एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजबाट लिएको नमुनामा ६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै नेपाल बैंक लिमिटेड र सांग्रीला बैंकका कर्मचारीलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ । बाँकेमा संक्रमितको संख्या अव ८ सय ३ पुगेको छ । त्यस्तै संक्रमण जितेर घर फर्किनेको संख्या भने ५ सय ४७ रहेको छ ।

बर्दियाका शुक्रबार थपिएका संक्रमित सबै बासगढी नगरपालिकाका हुन् । बासगढी नगरपालिका ३ का ४ जना र वडा नं. २ र ९ का एकएक जनामा पोजेटिभ देखिएको हो ।

  • ५ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech