प्रदेश ५ मा कोरोना अपडेटः संक्रमित ५३४६, डिस्चार्ज ४२९६, मृत्यु १८

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७७, शुक्रबार

नेपालगन्ज ५, भदौ ।
प्रदेश–५ मा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज श्रेष्ठका अनुसार, तीमध्ये चार हजार दुई सय ९६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश पाँचमा निको हुने दर उत्साहजनक देखिएको छ । यो प्रदेशमा ८२ प्रतिशत संक्रमित निको भएर घर गएका छन् । मृत्युदर भने शुन्य दशमलव २३ प्रतिशत रहेको डा.श्रेष्ठले बताउनुभयो । प्रदेश पाँचमा १८ जनाको मृत्यु भएको छ । आज शुक्रबार प्यूठानका संक्रमितको बुटवलमा मृत्यु भएसँगै प्रदेश पाँचमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रदेश पाँचमा रहेका चारवटा कोरोना विशेष अस्पतालमा एक सय एकजनाको उपचार भइरहेको छ । तीमध्ये १२ जनाको लुम्वनी प्रादेशीक धागो कारखाना रुपन्देही बुटवलको सघन कक्षमा उपचार भइरहेको छ । सामान्य उपचार कक्षमा २४ जनाको उपचार भइरहेको डा.श्रेष्ठले बताउनुभयो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सामान्य उपचार कक्षमा ४०, दाङको बेलझुण्डीमा २८ र भीम अस्पताल भैरहवामा एकजनाको उपचार भइरहेको छ ।

प्रदेश पाँचका विभिन्न जिल्लामा सन्चालन गरिएका आइसोलेसन सेन्टरमा अहिले सात सय ८३ जना बसिरहेका छन् । ती सबै चिन्ह, लक्षणविहीन संक्रमित हुन् । प्रदेशका दश जिल्लामा ९३ वटा आइसोलेसन सेन्टर छन् भने चार हजार दुई सय ७४ वटा बेड रहेका छन् ।

  • ५ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech