सुदूरपश्चिममा कोरोना परीक्षण ह्वात्तै घट्यो

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७७, बिहीबार

धनगढी १८ बैशाख ।

सुदूरपश्चिम प्रदेशमा १८ दिनयता कोरोना संक्रमित नभेटिएपछि परीक्षण ह्वात्तै घटेको छ। पछिल्लो पटक बैशाख १ गते लम्कीचुहा नगरपालिका वडा नम्बर १ कि ६१ वर्षीय महिलामा कोरोनाके संक्रमण देखिएको थियो भने त्यसयता कसैमा पनि संक्रमण देखिएको छैन्। चार जना संक्रमित ठिक भएर घर फर्किसकेपछि परीक्षण नै निकै कम सङख्यामा भइरहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहिबार एक सय ८३ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। पीसीआरबाट १० जना र र्‍यापिड टेस्टबाट एक सय ७३ जना गरी आज एक सय ८३ जनाको मात्रै कोरोना परीक्षण गरिएको हो। आज परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ। कोरोना परीक्षणका लागि आज मात्रै ५७ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ भने ५२ जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ।

यस्तै निर्देशनालयले फागुन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन सुरु भएकोमा हालसम्म दुवै विधीबाट १६ हजार तीन सय ८४ जनाको कोरोना परीक्षण भईसकेको जनाएको छ। पीसीआर विधीबाट दुई हजार ८ सय जनाको परक्षिण र १३ हजार पाँच सय ८४ जनाको र्‍यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ। यस्तै अब प्रदेशभरी पाँच हजार दुई सय ४१ र्‍यापिड टेस्ट किट मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै प्रदेशभरीका विभिन्न अस्पतालबाट अहिलेसम्म एक सय १४ जना डिस्चार्ज भएका छन्।

चार जना कोरोना संक्रमित र बाँकी एक सय १० जना शंकास्पद बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको हो। कोरोना संक्रमितलाई लगातार दुईपटक सम्म कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने शंकास्पदहरुलाई भने पहिलो रिपोर्ट नै नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ। यस्तै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार अहिले प्रदेशभरीका क्वारेन्टाइनमा एक हजार सात सय ७६ जनालाई राखिएको छ। प्रदेशभरी सात हजार ८ सय ३४ जना अटाउने तीन सय ८० क्वारेन्टाइन स्थापना गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

  • १८ बैशाख २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech