भरतपुर अस्पतालमा ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७७, शुक्रबार

चितवन ५, भदौ ।
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका–१३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालले सूचना जारी गरी मृतकमा ६ दिनअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । आइसीयूमा उपचारत अवस्थामा बिहीबार राति मृत्यु भएको हो ।

मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा.प्रमोद पौडेलले जानकारी दिनुभयो । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ।

२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, राप्ती नगरपालिकाका वडा नं. २ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए । संक्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन् । यसैगरी, संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जना छन् ।

 

  • ५ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech