कोरोनाबाट बारा र रुपन्देहीमा दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७७, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज ०४, भदौ ।
कोरोना संक्रमणबाट बारा र रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा.उदय नारायण सिंहले जानकारी दिनुभयो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुने बाराका मात्रै ५ जना पुगेको छ ।

कुल ३२ जनाको मृत्यु भएकोमा २३ जना पर्साका र २ जना रौतहटका छन् । यस्तै रुपन्देहीको देवदहमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका ३ स्थित शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो । मृतकमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो ।

  • ४ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech