सुदूरपश्चिममा आज १२९ जनामा भाइरस पुष्टि, संख्या पुग्यो ५,२१५

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७७, बिहीबार

धनगढी ०४, भदौ ।
सुदूरपश्चिममा विहीबार एक सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएकोमा एक सय २९ जनामा संक्रमण देखिएको हो।

कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना देखिएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको गौरीगंगा नगरपालिकाका २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकाका १० र भजनी नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार भीमदत्त नगरपालिका कञ्चनपुरका १४ जनालाई पनि कोरोना देखिएको छ। डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भुसालका अनुसार अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५-१५  गरी ३० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका १८ जना नै डोटीका हुन्। दिपायल सिलगढी नगरपालिका वडा नम्वर ५ का ५ जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३, ४ र ८ का एकरएक जनामा संक्रमण पुष्टि भएको हो । केआईसिंह गाउँपालिकाका एक महिलामा समेत संक्रमण पुष्टि भएको छ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय १५ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये चार हजार तीन सय बढि आइसोलेसनबाट डिस्चार्ज भएका छन भने १२ जनाको मृत्यु भएको छ।

  • ४ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech