के वीर्यबाट कोरोना सर्छ ?

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७७, बुधबार

एजेन्सी।

चीनमा गरिएको एक अध्ययनले यौनसम्पर्कबाट कोरोना भाइरस कोभिड १९ नसर्ने देखाएको छ । चीनको वुहानमा ३४ जना कोभिड १९ बाट निको भइसकेका पुरुषमा गरिएको अध्ययनमा उनीहरूको वीर्यमा कोरोना भाइरसका जीवाणु पाइएको थिएन ।

यो गुण यसअघि इबोला तथा जिका भाइरसको भन्दा फरक हो । इबोला भाइरस मानिसको वीर्यमा साढे दुई वर्षसम्म बाँच्न सक्ने पाइएको थियो । त्यस्तै, जिका भाइरस संक्रमणको केही महिनासम्म पनि मानिसको वीर्यमा रहन सक्ने पाइएको थियो । यो अध्ययन ३१ देखि ४९ वर्षको उमेर समूहका मानिसमा गरिएको थियो । उनीहरूमा संक्रमण पुष्टि भएको करिब एक महिनापछि यो अध्ययन गरिएको थियो । तर, यो क्रममा उनीहरूको वीर्यमा भाइरसको जीवाणु नपाइएको हो ।

यो अध्ययन निकै सीमित रहेको र यसले पसिना तथा मानिसको र्‍यालबाट भाइरस सक्ने सम्भावनाको विषयमा भने केही उल्लेख गरेको छैन । साथै, यो अध्ययन कोरोना भाइरस मिल्ड लक्षण देखिएका कोरोना भाइरसका बिरामीमा गरिएको हो । त्यसैले भाइरसको गम्भीर लक्षण देखिएका मानिसमा यसको असर पर्छ भन्ने विषयमा कस्तो असर पर्छ भन्ने थाहा पाउन नसकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मानिसको वीर्यमा कोरोना भाइरस भेटिएन भन्दैमा यौन सम्पर्कबाट कोरोना नसर्ने चाहिँ होइन । दुईजनाबीच हुने चुम्बन वा आपसी संसर्गका माध्यमबाट भाइसर सर्न सक्ने भएकाले आफ्नो जोडीमा संक्रमण छ भने त्यस्तो बेलामा यौन सम्पर्क गर्न नहुने र दुरी कायम गरेर टाढै बस्नुपर्ने चिकित्सकहरूले सुझाएका छन् ।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech