बाँकेमा १७ जना नेपाली सेनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७७, बिहीबार

नेपालगन्ज ०४, भदौ ।
कोहलपुर नगरपालिका १ कौशिल्या नगर व्यारेकका १७ जना नेपाली सेनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरीएको पीसीआर परीक्षणमा पछिल्लो २४ घण्टाको विवरण अनुसार, बाँकेका २४ जना संक्रमित पुष्टि हुँदा नेपाली सेनाका १७ जना परेका हुन् ।

नेपालगन्जका एकजना स्वास्थ्यकर्मीलाई पनि भाइरस संक्रमण देखिएको छ । त्यस्तै जानकी गाउँपालिकाका ५ जना र नेपालगन्ज उपमहानगरपालिकाका एकजनामा पनि भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

विहीबार थपिएका संक्रमितसहित बाँकेमा कुल संक्रमितको संख्या ७ सय ८७ पुगेको छ ।

  • ४ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech