दाङमा ६६९ जना कोरोना मुक्त, ‘एक्टिभ केस ४०’

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७७, बिहीबार

दाङ ०४, भदौ ।
दाङमा ६ सय ६९ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा संक्रमित ७ सय ९ जनामध्ये ६ सय ६९ जना कोरोनाबाट मुक्त भएका हुन् ।

स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन कमल चन्दका अनुसार अहिले जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा ४० जना छन् । तीमध्ये एकजना भने होमआइसोलेसनमा बसिरहेको फोकलपर्सन चन्दले बताउनुभयो । बेलझुण्डी आइसोलेसनमा २२, कोरोना बिशेष अस्पताल देउखुरीमा ११, बुटवल धागो आइसोलेसनमा २ र १९ नम्वर वाहिनी अड्डा तुलसीपुरमा ४ जनागरी ४० जना आइसोलेसनमा छन् ।

जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २ सय ७४ जना संक्रमित छन् । त्यसपछि बंगलाचुली गाउँपालिकामा १ सय ६०, तुलसीपुर उपमहानगरपालिकामा ७८, गढवा गाउँपालिकामा ४५, लमही नगरपालिकामा ३५, राप्तीमा ३३, बबईमा ३२, राजपुरमा २०, शान्तिनगरमा २३ र दंगीशरणमा ५ जना छन् ।

जिल्लामा मृत्यु भएका २ जनामा भने कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनीहरु दुवैजना घोराहीका छन् । स्वास्थ्य कार्यालय दाङको जिम्मेवारी सम्हाले लगत्तै अंगतबहादुर शाहीले कोरोना भाइरसविरुद्ध प्रभावकारी ढंगले काम गरिने प्रतिबद्धता जनाउनुभएको छ । ‘जिल्लामा स्वास्थ्य क्षेत्रलाई स्वस्थ बनाउन पालिकाहरुसँग सहकार्य र समन्वय गरेर अघि बढिने छ उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘अहिलेको हाम्रो ध्यान कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमै केन्द्रीत हुने छ ।’

  • ४ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech