बाँकेमा थप ५१ जना डिस्चार्ज हुँदै, व्यापारी नेता श्रेष्ठदेखि पत्रकारसम्म

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७७, बिहीबार

नेपालगन्ज ०४, भदौ ।
बाँकेमा थप ५१ जनालाई आजै डिस्चार्ज गर्न लागिएको छ । भोली शुक्रबार हरितालिका तीज परेका कारण उनीहरुलाई एकदिन अगावै आइसोलेसन सेन्टरबाट आज घर पठाउन लागिएको हो ।

चिन्ह लक्षण नदेखिएका संक्रमितलाई चिकित्सकहरुको सल्लाह अनुसार थप १ दिन गरि स्वास्थ्यकर्मीको निगरानमा ८ दिन होमआइसोलेसनमा रहने गरि आज साँझसम्म डिस्चार्ज गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

आज साँझ डिस्चार्ज हुनेको सूचिमा व्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहालसम्म छन् । मापदण्ड अनुसार १४ दिन आइसोलेसन बस्नु पर्ने हो ।

तर पहुँचका आधारमा केहीले मापदण्ड पूरा नगरि घर फर्किएपछि आइसोलेसनमा बसेकाहरुले सम्बद्धहरुलाई दवाव दिदै आएका थिए । त्यही दवाव झेल्न नसकेर चिकित्सकको सुझाव अनुसार उनीहरुलाइ एक दिन अगावै थप एक दिन होम आइसोलेसन बस्नेगरी घर पठाउन लागिएको हो । यसअघि बाँकेमा आज विहानमात्र २८ जना डिस्चार्ज भएका थिए । बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या चारसय ९६ पुगेको छ ।

पछिल्लो पटक डिस्चार्ज हुने ५१ जनाको संख्या जोड्दा पाँच सय ४७ पुग्ने छ । बाँकेमा कुल संक्रमितको संख्या सात सय ६३ पुगेको छ । अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।

  • ४ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech