बाँकेमा आज २८ डिस्चार्ज, प्रदेश सांसद नमूनाले पनि जितिन् कोरोना

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७७, बिहीबार

नेपालगन्ज ०४, भदौ ।
बाँकेमा आज थप २८ जनाले कोरोना भाइरस संक्रमण जितेर आइसोलेसलबाट डिस्चार्ज हुदैछन् । १२ महिलासहित २८ जना डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फाकेलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

आज डिस्चार्ज हुनेमा प्रदेश सांसददेखि कर्मचारीसम्म छन् । प्रदेश पाँचका सांसद कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं. १३ र १८ का वडा सचिवसहित २८ जना डिस्चार्ज हुन लाग्नुभएको छ । उहाँहरु सबै १४ दिन आइसोलेसनमा बसेर डिस्चार्ज हुन लाग्नु भएको हो ।

भेरी अस्पतालको आइसोलेसनमा १४ दिन बसेर आज डिस्चार्ज हुन लाग्नु भएकी प्रदेश पाँचका सांसद तथा बाँके क्षेत्र नं.१ क बाट निर्वाचित कृष्णा केसी नमुनाले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति धन्यवाद भन्नुभएको छ ।

स्वास्थ्य पेजसँग कुराकानी गर्दै उहाँले आफ्नो उपचारमा खटिने चिकित्सकदेखि स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको हो । उहाँले कोरोनाबाट जोगिन सजगकता र सर्तकता अपनाउन पनि आग्रह गर्नुभएको छ ।

आज २८ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या चारसय ९६ पुगेको छ । बाँकेमा कुल संक्रमितको संख्या सात सय ६३ पुगेको छ । अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।

  • ४ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech