कोरोना अपडेटः आज ६८१ संक्रमित थपिए, थप ६ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७७, बुधबार

काठमाडौं ०३, भदौ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ६८१ संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १२० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ७०० जना डिस्चार्ज भएका छन् । यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको मन्त्रालयले जनाएको ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech