बाँकेमा १३ संक्रमित थपिदा अधिकांश कोहलपुरका

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७७, बुधबार

नेपालगन्ज ०३, भदौ ।
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरीएको परीक्षणमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका १३ र बर्दियाका २ जनागरी १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बाँकेमा बुधवार थपिएका अधिकांश कोहलपुर नगरपालिका वडा नं.११ का हुन् । यो वडाका ८ जनामा भाइरस संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । ती ६ बर्षदेखि ३१ बर्ष उमेर समूहका छन् । त्यस्तै बाँके बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका एकएक जनामा पनि संक्रमण देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा तीनजनामा भाइरस पुष्टि भएको छ । दुईजना वडा नं. १२ का हुन् भने अर्काको ठेगाना उल्लेख गरिएको छैन् । यस्तै बर्दियाका मधुवन नगरपालिका वडा नं. ५ र ७ का एकएक जना पुरुषमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५० नमुना परीक्षण गर्दा १५ जनामा भाइरस पुष्टि भएको हो ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech