अछाम निवासी संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७७, बुधबार

अछाम ०३, भदौ । 
अछाम क्षेत्र नम्बर २ बाट संघीय संसदमा निर्वाचित सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएकाे पुष्टि भएकाे छ।

ललितपुरमा कोठा लिएर बसेका उहाँको होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकाले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा भर्ना हुनु भएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलका पिएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उहाँका पिएले पनि स्वाब दिनुभएको थियो। पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आयो भने बोगटीको रिपोर्ट नेगेटिभ आएकाे थियाे। तर मंगलबार फेरि पोजेटिभ भएको रिपोर्ट आएपछि उहाँ आइसोलेसनमा भर्ना हुनु भएको छ ।

यसअघि संघीय संसद्का सांसद प्रदीप यादवलाई पनि कोरोना लागेको थियो । प्रदीप यादव भने कोरोनामुक्त भइसक्नु भएको छ ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech