वीरगन्ज, हेटौंडा र सुनसरीमा थप ४ जनाको कोरोनाबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौ ०३, भदौ ।
वीरगन्ज, हेटौंडा र सुनसरीमा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले दिएका छन ।

यस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । मंगलबार राति मृत्‍यु भएका हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech