पर्सामा थपिए १०८ कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७७, बुधबार

वीरगञ्ज ०३, भदौ ।
पर्सामा थप एक सय ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।  नारायणी अस्पतालका अनुसार मंगलबार राति गरिएको परीक्षणमा जिल्लाका विभिन्न स्थानीय तहहरुमा गरि एक सय ८ जनामा संक्रमण देखिएको हो।

सबै भन्दा बढी संक्रमित बहुदरमाई नगरपालिकामा भेटिएका छन्। त्यहाँ मात्रै ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जस मध्ये वडा नम्बर ५ भौराटारमा ६५ जना, वडा नम्बर २ बैरियामा २० जना, वडा नम्बर ३ नगरदाहामा ४ जना र गम्हरिया टोलमा एक जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै जिराभवानी गाउँपालिकामा २ महिला र २ पुरुषसहित ४ जना र छिपहरमाई गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको हो । वीरगञ्ज महानगरपालिका १६ नगवामा दुई जना, २५ चण्डाल चोकका २ जनामा संक्रमण देखिएको छ ।

यसैगरि महानगरकै, रेशमकोठी, मुर्ली, घडिअर्वा, बहुअरी, भिष्वा लगायतका टोलहरुमा संक्रमितहरु भेटिएका छन्। संक्रमितहरु ७ वर्षदेखि ६५ वर्ष उमेर समूहका रहेका छन्। यो सँगै पर्सामा कोरोना संक्रमितहरुको संख्या एक हजार ५ सय ८२ पुगेको छ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech