स्वास्थ्यकर्मीको मन छुने अनुभूती–‘स्थानीयले झरीमा ओत लाग्ने ठाउँ पनि दिएनन्’

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७७, बुधबार
राजन शाही- हेल्थ असिस्टेन्ट, नेपालगन्ज उपमहानगरपालिकाका ।

नेपालगन्ज ०३, भदौ ।

कोरोना संकट बिरुद्धको अभियानमा स्वास्थ्यकर्मी लडाईका बेला खटिने सैनिक जस्तै भएका छन् । न दिन नत रात भनेर बिरामीको ज्यान बचाउन लागिपरेका छन् । अनेकन दुःखका बीच यो अभियानको एउटा सदस्य भएको नाताले राजन शाहीलाई गर्व लागेको छ । तर यस्तो खटाइमा कहिले काँही स्वास्थ्यकर्मीलाई गरिने व्यवहारले मन खिन्न बनाउँदो रहेछ । त्यस्तै अनुभुती राजन शाहीले पनि झेल्नु परेको छ । नेपालगन्ज उपमहानगरपालिकाका हेल्थ असिस्टेन्ट राजन शाहीलाई साउन ३२ गतेको त्यो दिन कहिल्यैं नबिर्सिने छाप बनेको छ ।

हामी चार जना साथीहरू अफिसियल कामकै सिलसिलामा नेपालगन्जबाट झन्डै ८ कि,मि पश्चिम गएका थियौ । फर्कने समयमाबीच बाटोमा ठूलो मुसलधारे पानी पर्यो । ओत लाग्नुको बिकल्प थियन । केहि समय एउटा रूख मुनि त बस्यौं तर रूखले मुसलधारे पानीलाई छेक्न सकेन् । हामी मध्येको एकजना साथी दौडेर नजिकैको घरमा जानु भयो । हामी सबैजना परिचय पत्र सहित सरकारी ड्रेसमा थियौ । हामीले भन्यौ हामी सरकारी कर्मचारी हौ अफिसबाट फर्कदै गर्दा पानी पर्यो एक छिन भएपनि ओत लाग्न दिनुहोस् । तर त्यहाँ हामीले सोच्दै नसोचेको कुरा भयो । त्यहाँका घरधनीले बस्न दिएनन् । बरन्डाको त कुरै छाडौं छदको छज्दा मुनि पनि बस्न दिएन ।

एकछिन भएपनि ओत लाग्न दिनुहोस् हामीले पटकपटक ती घरधनीलाई भन्यौं उल्टै उहाँले हप्काउँदै भने छिटो गईहाल्नुस । हामी फरक्क फर्कियौं पुनः पानी नछेकेपनि त्यही रूखकै साहारा लिनु बाहेक अर्को बिकल्प भएन । केहि समय रूखको सहारामा त बसियो तर पानी रोकिएन । शरिर लुथुरूक्क भिज्दै गयो । हामी चारैजना एकछिन मौन भयौं । सबै शरिर भिजिसकेको थियो । पानी पर्ने क्रम रोकिएन् । रुखमै भिजेर ओत लाग्नु भन्दा झरीमै भएपनि नेपालगन्ज फर्किने निष्कर्षमा पुग्यौं । सबैजना पानी भिजेको मुसो जस्तै बनेर घर फर्कियौ ।

अरू साथिहरूले त के सोच्नुभयो थाहा भएन तर मैले आफ्नै पेशाप्रति वितृष्णा जाग्यो । पेशै छाड्ने मनसायका साथ विकल्पका सपनाहरु मस्तिष्कले बुन्न थाल्यो । यो पेशाको बिकल्प के हुन सक्छ ? मैले के गर्न सक्छु ? कुनै समय थियो बाटोमा हिडदै गर्दा गाउँका मान्छेहरूले आफुले नदेख्दा पनि डाक्टर साब, डाक्टर साब आउनुहोस्ब, सौ न चिया पिउँ है डाक्टर साब भन्दै सम्मान गर्दा गर्वले छाति फुलेर आउथ्यो ।

साचिकै मैले त आफ्नो धर्म मात्र निभाएको हो यसैमा यत्रो सम्मान मन हुरुक्क हुन्थ्यो । सोच्थे हुर्कदै गरेका मेरा छोराछोरीलाई पनि यही बाटोमा हिडाउँछु । तर दिउँँसो ति मान्छेहरूले लगायको बचन र व्यवहारले फेरि बेजोले हिर्कायो । राति झन्डै १२ बजे सम्म निन्द्रा लागेन । पहिलो पटक आफैले रोजेको पेशाले मन कुडायो ।

 


Nabintech