काठमाडौं ०३ भदौ ।
ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।अस्पतालका अनुसार भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
साउन २१ गतेदेखि उपचाररत संक्रमित ती महिलाको आज बुधवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमित १ सय १७ जनाको मृत्यु भएको छ।