जुम्लामा कोरोना परीक्षणका लागि किटको अभाव

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७७, बुधबार

जुम्ला १८ बैशाख ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षणका लागि किटको अभाव भएको छ । किट अभावका कारण ल्याव सन्चालन हुन सकेको छैन् । अस्पतालका निर्देशक मंगल रावल ले किट नआउँदा मेसिन प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो।

सरकारसँग किट माग गरिएको र आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएको उहाँले बताउनुभयो।  रिएजेन्ट र किट नहुँदासम्म पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन। किट बाहिर किन्न पनि मिल्छ। तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन्। सरकारले ल्याउन सक्ने भएकोले पाँच सयसम्म किट माग गरिएको छ।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech