जुम्ला १८ बैशाख ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षणका लागि किटको अभाव भएको छ । किट अभावका कारण ल्याव सन्चालन हुन सकेको छैन् । अस्पतालका निर्देशक मंगल रावल ले किट नआउँदा मेसिन प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो।
सरकारसँग किट माग गरिएको र आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएको उहाँले बताउनुभयो। रिएजेन्ट र किट नहुँदासम्म पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन। किट बाहिर किन्न पनि मिल्छ। तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन्। सरकारले ल्याउन सक्ने भएकोले पाँच सयसम्म किट माग गरिएको छ।