बर्दियाका कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७७, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज ०२, भदौ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

बर्दिया मधुवन नगरपालिका वडा नं. ९ का ७८ वर्षिय पुरुषको उपचारको क्रममा आज मंगलबार बिहान ७:३० बजे मृत्यु भएको थियो । उनको सोमबार परिक्षणकालागि श्वाव संकलन गरिएको थियो र रिपोर्ट मंगलवार दिउँसो पोजिटिभ आएको थियो ।  उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए । अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार उनी निमोनिया र मधुमेहका रोगी थिए ।

कोरोनाबाट मृत्यु भएको बर्दियाको यो पहिलो केस हो । उनको आजै अन्त्यष्टि भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । बर्दियामा अहिलेसम्म संक्रमितको संख्या तीन सय तीन पुगेको छ ।

कोभिड १९ लेभल ३ को रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ५ जना संक्रमितको मृत्यु भइसकेको छ । यसअघि बाँकेका दुई जना, कैलाली र अछामका एक एक जनाको मृत्यु भएको थियो ।

अहिले एकजना रुकुमकी संक्रमित महिलाको उपचार भईरहेको छ । सातदिन अघि भर्ना भएकी ती महिलाको दोस्रो पटक गरिएको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको डा. श्रेष्ठले बताउनुभयो ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech