नेपालमा आज एकैदिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७७, मंगलवार

काठमाडौं ०२ भदौ ।
नेपालमा एकैदिन आज मंगलवार अहिलेसम्मकै सबैभन्दा बढी १ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १०१६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो संख्या नेपालमा एकैदिन देखिएको अहिलेसम्मकै सर्वाधिक बढी हो । मंगलवार १०१६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । लकडाउन खुलेसँगै जनसंख्या बढी चाप रहेका सहरी क्षेत्रमा कोरोना संक्रमण दर बढ्दो अवस्थामा छ ।

पछिल्लो पटक त्यसको केन्द्रमा काठमाडौं उपत्यका रहेको छ । प्रदेश २ का जिल्लाहरुमा पनि कोरोना संक्रमण बढ्दो क्रममा छ । कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका १ सय जना बिरामी देशका विभिन्न अस्पतालका आईसीयु र भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech