बाँकेमा आज ११ संक्रमित थपिए, संख्या पुग्यो ७४५

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७७, मंगलवार

नेपालगन्ज ०२, भदौ ।
बाँकेमा मंगलवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाका १० जना र एकजना खजुरा गाउँपालिकाका व्यक्तिमा भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पाँच सय ५० नमुनाको परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । तिमध्ये दुईजना बर्दिया गुलरिया नगरपालिकाका हुन भने अर्का सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका हुन् ।

बाँकेमा मंगलवार थप भएका ११ संक्रमितसहित कुल संक्रमितको संख्या सात सय ४५ पुगेको छ । अहिलेसम्म चारसय ६८ जना कोरोनामुक्त भएका छन् । बाँकेमा चारजनाले भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech