खोपको विकास र उत्पादनका लागि दक्षिण पूर्वी एसियासँग डब्लुएचओको छलफल

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७७, बुधबार

APTOPIX Virus Outbreak Vaccine

काठमान्डौं १८ बैशाख ।
खोपको विकास र उत्पादनका विषयमा डब्लुएचओले दक्षिण पूर्वी एसियाका खोप निर्माणकर्ता र राष्ट्रिय नियामकका अधिकारीसँग छलफल गरेको छ।

छलफलमा भारत, इण्डोनेशिया र थाइल्याण्डले खोपको उत्पादन र क्षमताको विषयमा र नियामक निकायले समायोजन र खोप छिटो उपलब्ध गराउन आवश्यक पर्ने प्रक्रिया बारे छलफल गरेका थिए। डब्लुएचओका अनुसार कोभिड १९ को खोपको प्रयोग अघि कयौं चरण पुरा गर्नुपर्ने हुन्छ। जसमा प्रि क्लिनीकल, क्लिनीकल ट्रायल, उत्पादन, लाइसेन्स, खोपको विकास लागि योजना र पोष्ट मार्केटिङ अनुगमन पर्दछ।

खोपको विकास र मूल्यांकनका लागि डब्लुएचओले विश्वव्यापी रुपमा विभिन्न वैज्ञानिक, अनुसन्धानकर्ता र औद्योगिक क्षेत्रलाई परिचालन गरेको छ। १ सय २० बढीले खोप निर्माणका लागि प्रस्ताव गरेका छन्। जसलाई डब्लुएचले पनि उनीहरुको प्रगतिलाई विश्लेषण गरिरहेको छ। प्रस्ताव गर्नेमध्ये सात वटा खोप क्लिनिकल मूल्याकंलनको क्रममा छ भने ८२ वटा खोप प्रि क्लिनीकल मूल्याकंनको क्रममा रहेको डब्लुएचओले जनाएको छ। विश्वलाई आतंकित बनाएको कोरोना विरुद्धको खोप अहिलेसम्म विकास हुन सकेको छैन।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech