कोरोनाबाट थप चार जनाको मृत्यु, आज कहाँ कति थपिए संक्रमित ?

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७७, सोमबार

काठमाडौं ०१, भदौ ।
कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । विराटनगर, रौतहट, काठमाडौं र मोरङका एक एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुष ,रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८,  सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी  बर्दियाका ९,  झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, बाँके, मकवानपुर र धादिङका ४-४ जना, धनुषा र जुम्लाका ३-३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २-२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १-१ जनामा पनि संक्रमण देखिएको छ ।

११३ जना आईसीयूमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ६३९ जना संक्रमित आइसोलेसनमा छन् । उनीहरुमध्ये ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश १ र गण्डकीमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

  • १ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech