प्रयोगविहीन लाखौंका भेन्टिलेटर, तर बिरामीले उपचार पाएनन्

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७७, सोमबार

तस्विरः उदयराज अधिकारी, थाहाखवर ।

दैलेख ०१, भदौ ।
गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले खरिद गरेका लाखौंका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। कार्यालयले कोरोना महामारी देखाउँदै पाच महिनाअघि खरिद गरेको भेन्टिलेटर प्रयोगमा नल्याउँदा बिरामीहरु सुर्खेत र नेपालगन्ज उपचारमा जान बाध्य छन्।

११ वटा स्थानीय तह रहेको दैलेखमा २०६८ सालको जनगणनाअनुसार २ लाख ६१ हजार ७ सय ७० जनसंख्याछ। २ लाख ५० हजार बढी जनसंख्या रहेको जिल्लामा नागरिकको उपचारका लागि कार्यालयले चैत २३ गते ४६ लाखमा भेन्टिलेटर खरिद गरेको थियो।

तर सञ्चालनमा नआउँदा जटिल खालका बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यता छ। जिल्लामै आइसियू सहितको भेन्टिलेटर सञ्चालनमा आउने भएपछि खुसी भएका नागरिक अहिले रिफरको मारमा छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले जनशक्ति नभएकाले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो। उहाँले भेन्टिलेटर सञ्चालनका लागि अक्सिजन प्लान्ट अभाव हुने गरेकाले बिरामीलाई रिफर गरिने गरिएको बताउनुभयो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले भेन्टिलेटर सञ्चालनमा आएको र बिरामीको उपचार हुँदै गरेको दाबी गर्नुभएको छ । स्वास्थ्यकर्मीहरु भने जनशक्ति अभाव, अक्सिजन प्लान्ट नहुनुले भेन्टिलेटर सञ्चालनमा नआएको बताउँछन्।

              थाहाखवरबाट 

  • १ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech