भारतमा संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुग्यो

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७७, बुधबार

नेपालगन्ज १७ बैशाख ।
कोरोनाबाट भारतमा सबै भन्दा बढी मानिस संक्रमित भएका छन्। मंगलबार मात्र भारतमा १ हजार ८ सय भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। ६९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ। भारतमा १ हजार ८ जनाको मृत्यु भइसकेको छ। ७ हजार ७ सय ४७ जना मानिस निको भएर घर फर्किसकेका छन् ।

पाकिस्तानमा एकैदिन ६ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने २० जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १५ पुगेको छ। मृतकको संख्या ३ सय १२ पुगेको छ। ३ हजार २ सय ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
बंगालादेशमा मंगलबार ५ सय ४९ जना मानिस संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ६ हजार ४ सय ६२ पुगेको छ। १ सय ५५ जनाको मृत्यु भइसकेको छ। १ सय ३९ जना मानिसलाई निको भइसकेको छ।

अफ्गानिस्तानमा मंगलबार १ सय २५ नयाँ बिरामी भेटीएका छन् भने १ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ८ सय २८ पुगेको छ। ५८ जनाको मृत्यु भइसकेको छ। २ सय २८ जना मानिसलाई निको भइसकेको छ। श्रीलंकामा मंगलबार ३१ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ६ सय १९ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ३४ जना मानिस उपचार पछि घर फर्किसकेका छन्। माल्दिभ्समा मंगलबार २४ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्। नेपालमा मंगलबार २ जना नयाँँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५४ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्। भुटानमा हालसम्म ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech