कोरोना अपडेटः वडाअध्यक्ष रिजालसहित ११ जना आज डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७७, सोमबार

नेपालगन्ज ०१, भदौ ।
नेपालगन्ज उपमहानगरपालिका १ वडाअध्यक्ष प्रमोद रिजालसहित ११ जना आज सोमवार डिस्चार्ज हुने भएका छन् । वडाअध्यक्ष रिजाललाई साउन १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उहाँसहित डिस्चार्ज हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत पनि छन् ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यानसर अस्पतालको आइसोलेसनबाट अध्यक्ष रिजालसहित तीनजना, आर्दशनगर आइसोलेसन सेन्टरबाट पनि तीन र लायन्स डेन्टल अस्पताल आइसोलेसनबाट पाँचजना डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज डिस्चार्ज भएका समेतगरी बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या चार सय ५५ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या सात सय ३० पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका दुई सय ७२ जना रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो । अन्य जिल्लाका सात जना पनि बाँकेकै आइसोलेसनमा बसिरहेका छन् ।

  • १ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech