सुदूरपश्चिम कोरोना अपडेटः संक्रमित ५०११, मृत्यु १२

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

धनगढी ३२, साउन ।
सुदूरपश्चिम प्रदेशमा आइतवार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, ह्याम्पस अस्पताल काठमाडौँ र शिक्षण अस्पतालमा भएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १३ र कञ्चनपुरका ११ गरी २४ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा पाँच सय ६३ जनाको नमूना परीक्षण गर्दा कैलालीका १३ र कञ्चनपुरका ११ जनामा संक्रमण देखिएको जानकारी दिनुभएको हो । काठमाडौँमा भएको परीक्षणमा पनि कैलाली र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर प्रसाद गौतमले ह्याम्पस अस्पताल काठमाडौँको प्रयोगशालामा कञ्चनपुरका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका दुई गरी तीन जनामा संक्रमण पुष्टि भएसँगै आइतवार २७ जना थपिएका हुन् । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार २१ पुगेको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार तीन सय १३ जनामा संक्रमण देखिएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार दुई सय ७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech