आयल निगमका १० कर्मचारीमा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

बुटवल ३२, साउन ।

रुपन्देहीमा आयल निगमका थप १० जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपाल आयल निगम भलवारी डिपोका ३ जना, भैरहवा पेट्रोल पम्पका ३ जना र विमानस्थलस्थित हवाई ईन्धन डिपोका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपाल आयल निगम भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा आइतवार आएको रिर्पोटमा १० जनामा संक्रमण देखिएको छ। भैरहवास्थित नेपाल आयल निगमको पम्पमा कार्यरत कर्मचारीमा संक्रमण देखिएसँगै सेवा बन्द गरिएको छ ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech