बाँकेमा थप चार जनामा भाइरस पुष्टि

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

नेपालगन्ज ३२, साउन ।
बाँकेमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोहलपुरका तीन जना र सशस्त्र गुल्मका एकजना प्रहरीगरी चार जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै पछिल्लो २४ घण्टामा चार सय ३० वटा नमुनाको परीक्षण गर्दा २५ जनामा भाइरस पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यसअघिको रिपोर्टमा बाँकेका २० र सल्यान कपुरकोटका एकगरी २१ जनामा भाइरस संक्रमण पुष्टि भएको विवरण अस्पतालले सार्वजनिक गरेको थियो । आइतवार पुष्टि भएका संक्रमितमा सबैभन्दा धेरै सशस्त्र प्रहरीका छन् ।

आइतवार संक्रमण पुष्टि भएकासहित बाँकेमा कुल संक्रमितको संख्या सात सय ३० पुगेको छ । तीमध्ये चारसय ४४ जना डिस्चार्ज भइसकेका छन् भने तीनजनाको मृत्यु भइसकेको छ ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech