बाँकेमा आज १५ शसस्त्र प्रहरीसहित २० जना थपिए

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

नेपालगन्ज ३२, साउन । 
बाँकेमा आइतबार थप २० जनामा कोरोना भाईरस पुष्टी भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गत २४ घन्टाको परीक्षणमा बाँकेमा थप २० जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।
आइतबार भाइरस पुष्टि भएकामध्य १५ जना शसस्त्र प्रहरी हुन । तीनजना ग्लोबल बैंकका कर्मचारी भएको खुलेको छ । एकजना खजुरा गाउँपालिका हुन भने अर्का एकजना कोहलपुर नगरपालिकाका भएको श्रेष्ठले बताउनुभयो ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech