अमेरिकामा संक्रमितको संख्या १० लाखबढी

    • स्वास्थ्य पेज

  • १७ बैशाख २०७७, बुधबार

नेपालगन्ज १७ बैशाख ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख १२ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा एकै दिनमा २५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। त्यस्तै स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा २ लाख १ हजार ५ सय ५, फ्रान्समा १ लाख ६९ हजार ५९, युकेमा १ लाख ६२ हजार ३ सय ५०, जर्मनीमा १ लाख ५९ हजार ९ सय १२, टर्कीमा १ लाख १४ हजार ६ सय ५३ जना मानिस संक्रमित भएका छन्। संसारभर संक्रमित हुनेको संख्या ३१ लाख १४ हजार ६ सय ५९ पुगेको छ। २४ घण्टामा विश्वमा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक छ। योसँगै विश्वभर २ लाख १६ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ। अमेरिकामा ५९ हजार २ सय ६६, इटालीमा २७ हजार ३ सय ५९ , स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार ६ सय ६०, युकेमा २१ हजार ६सय ७८ जना मानिसको मृत्यु भइसकेको छ। विश्वभर ९ लाख २५ हजार ९ सय २१ जना मानिस निको भएर घर फर्किसकेका छन्। स्पेनमा १ लाख २३ हजार ९ सय ३, जर्मनीमा १ लाख १७ हजार ४ सय, अमेरिकामा १ लाख १५ हजार ६ सय ४८, चीनमा ७८ हजार ४ सय ३, इरानमा ७२ हजार ४ सय ३९, इटालीमा ६८ हजार ९ सय ४१, फ्रान्समा ४७ हजार ७ सय ७५ जना मानिस निको भएर घर फर्किसकेका छन्।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech