बुटवलमा थपिए १६ संक्रमित,उपमहानगरपालिका बन्द

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

बुटवल ३२, साउन ।

बुटवल उपमहानगरपालिकामा थप १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएका १३ जना समुदायस्तरका हुन् भने तीन जना उपमहानगरपालिकाका कर्मचारी हुन् । त्यसमध्ये दुईजना शाखा प्रमुख रहेका छन् ।

यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो। योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech