नेपाल प्रहरी र सशस्‍त्रका ८४७ जनामा कोरोना पुष्टि, दुई डिआइजी पनि संक्रमित

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

काठमाडौं ३२, साउन ।
मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमा नेपाल प्रहरीका दुई जना डिआइजी समेत परेका छन् ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको बताउनुभयो ।

अहिलेसम्म नेपाल प्रहरीका ६२० र सशस्त्र प्रहरीका २२७ जना गरी ८४७ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २४० जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२७ जना डिस्चार्ज भएका छन् ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech