बाँकेमा कोरोना अपडेटः संक्रमित ७०६, डिस्चार्ज ४४४ र मृत्यु ३

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

नेपालगन्ज ३२, साउन ।
बाँकेमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या चार सय ४४ पुगेको छ । आइतवार ९ जना आइसोलेसनबाट डिस्चार्ज भएसँगै भाइरसलाई जितेर घर फर्किनेको संख्या अहिलेसम्म चार सय ४४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फाकेलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

आइतवार डिस्चार्ज हुनेमा नेपालगन्जका ५ जना, खजुराका २ जना, सुर्खेत र बर्दियाका १-१ जना रहेका छन । उनीहरुमध्ये ६ जनालाई नेपालगन्जको आदर्शनगर आईसोलेसन सेन्टरमा राखिएको थियो भने २ जनालाई खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

अर्का एकजनालाई धरान आइसोलेन धनगढीमा राखिएको थियो ।नेपालगन्जमा स्वाव दिएर उनी धनगढी गएका थिए । उनलाई उतै आइसोलेनमा राखिएको थियो ।

कोरोना फोकलपर्सन श्रेष्ठका अनुसार हाल बाँकेका विभिन्न आइसोलेसनमा दुई सय ५९ जना छन्। बाँकेमा कोरोना संक्रमितको कुल संख्या सात सय ६ पुगेको छ । संक्रमितमध्ये दुई महिलासहित तीन जनाको भने मृत्यु भइसकेको छ ।

 

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech